दफा २६१
सरकारी वकिलले बहस पैरवी र प्रतिरक्षा गर्ने

(१) दफा २५४ बमोजिम दायर भएका मुद्दाको सरकारी वकिलले बहस पैरवी र प्रतिरक्षा गर्नेछ ।
(२) उपदफा (१) मा लेखिए बाहेक नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहलाई विपक्षी बनाएको वा नेपाल सरकारले बादीभई चलाएको देवानी मुद्दामा सम्बन्धित निकायबाट अनुरोध भई आएमा नेपाल सरकारको हकमा सरकारी वकीलले र प्रदेश सरकार र स्थानीय तहको हकमा प्रचलित कानूनबमोजिम तोकिएको वा खटिएको वकीलले वहस पैरवी र प्रतिरक्षा गरी दिन सक्नेछ ।